स्टिपलचेजमा कर्णालीका दुर्गालाई स्वर्ण पदक
सोमबार, ३१ असोज २०७९, १५ : २४
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको स्टिपलचेजमा कर्णाली प्रदेशका दुर्गा बहादुर बुढाले स्वर्ण पदक जितेका छन् । सोमबार बिहान पोखरा रंगशालाको ट्र्याकमा भएको खेलमा निर्धारित दूरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै कर्णालीका लागि पहिलो स्वर्ण पदक जिते ।
यस्तै, एपिएफ क्लबका अजित यादवले ९ मिनेट २१.१० सेकेन्डसहित रजत पदक जिते । निर्धारित दूरी पार गर्न त्रिभुवन आर्मी क्लबका सुवास कार्कीले ९ मिनेट २२.१५ सेकेन्ड लगाएर कास्य जिते । भारतीय सेनामा आवद्ध दुर्गाले यसअघि भारतको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय एरिनामा उत्रिएको भन्दै तीन विभागीय टिम र गण्डकी प्रदेशले उनीविरुद्ध प्रोटेस्ट पनि हालेका थिए ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण