विवाहको ६ महिनापछि सम्बन्धविच्छेद लिन लाग्दा ट्रोल, यी सेलिब्रिटीले दिइन् जवाफ
सोसल मिडियामा हालै आफ्नो सम्बन्धविच्छेदको घोषणा गरेपछि फेसन ब्लगर कृतिका खुरानाले इन्स्टाग्राममा अर्को एउटा भावुक नोट साझा गरेकी छिन् । वास्तवमा, कृतिकाले सम्बन्धविच्छेदको घोषणा गरेपछि उनको समर्थनमा धेरै मानिस आए तर विवाह ६ महिना पनि चल्न नसकेको भन्दै धेरैले उनीमाथि प्रश्नसमेत उठाए । उनलाई ट्रोल गर्नसमेत पछि हटेनन् । यसै कारण उनले इन्स्टाग्राममा एउटा नोट सेयर गर्दै आफ्ना प्रशंसकलाई यो घडीमा आफूलाई साथ दिन अपिलसमेत गरेकी छिन् ।
कृतिकाले आफ्नो नोटमा लेखिन, ‘म एक बहादुर महिला हुँ र आफ्नो जीवनमा आउने हरेक परिस्थितिसँग आफ्नै लड्नसमेत जान्दछु । म रुन्छु र आफ्नो आँसु आफैँ पुस्छु । म ती चिजसँग जुध्न समर्थ छु, जसले मलाई तोड्न चाहन्छ । म हरेक बित्दो दिनसँगै बलियो भइरहेकी छु र यसका लागि भगवानप्रति आभारी छु ।’
उनले अर्को एउटा नोटमा लेखिन्, ‘यो मेरो जीवन हो र सबैलाई म यहि जवाफ दिन सक्छु ।’
कृतिका खुरानाको इन्स्टाग्राममा १७ लाख फलोअर्स छन् । उनी धेरैजसो आफ्नी बहिनी दिक्षा खुरानासँग भिडियो बनाएर सोसल मिडियामा सेयर गर्छिन् जो एक फेसन इन्फ्लुएन्सर र ट्राभल ब्लगर हुन् ।
‘द्याट बोहो गर्ल’ नामले चर्चित फेसन ब्लगर कृतिका खुरानाको सम्बन्धविच्छेदको खबर सुनेका उनका प्रशंसकलाई झट्का लागेको थियो । कृतिकाले ६ महिना अघि आफ्ना प्रेमी आदित्य छाबडासँग निकै धुमधामका साथ विवाह गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण