शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको ६ महिनापछि सम्बन्धविच्छेद लिन लाग्दा ट्रोल, यी सेलिब्रिटीले दिइन् जवाफ

बुधबार, ०२ कात्तिक २०७९, ११ : ०३
बुधबार, ०२ कात्तिक २०७९

सोसल मिडियामा हालै आफ्नो सम्बन्धविच्छेदको घोषणा गरेपछि फेसन ब्लगर कृतिका खुरानाले इन्स्टाग्राममा अर्को एउटा भावुक नोट साझा गरेकी छिन् । वास्तवमा, कृतिकाले सम्बन्धविच्छेदको घोषणा गरेपछि उनको समर्थनमा धेरै मानिस आए तर विवाह ६ महिना पनि चल्न नसकेको भन्दै धेरैले उनीमाथि प्रश्नसमेत उठाए । उनलाई ट्रोल गर्नसमेत पछि हटेनन् । यसै कारण उनले इन्स्टाग्राममा एउटा नोट सेयर गर्दै आफ्ना प्रशंसकलाई यो घडीमा आफूलाई साथ दिन अपिलसमेत गरेकी छिन् ।

कृतिकाले आफ्नो नोटमा लेखिन, ‘म एक बहादुर महिला हुँ र आफ्नो जीवनमा आउने हरेक परिस्थितिसँग आफ्नै लड्नसमेत जान्दछु । म रुन्छु र आफ्नो आँसु आफैँ पुस्छु । म ती चिजसँग जुध्न समर्थ छु, जसले मलाई तोड्न चाहन्छ । म हरेक बित्दो दिनसँगै बलियो भइरहेकी छु र यसका लागि भगवानप्रति आभारी छु ।’

उनले अर्को एउटा नोटमा लेखिन्, ‘यो मेरो जीवन हो र सबैलाई म यहि जवाफ दिन सक्छु ।’

कृतिका खुरानाको इन्स्टाग्राममा १७ लाख फलोअर्स छन् । उनी धेरैजसो आफ्नी बहिनी दिक्षा खुरानासँग भिडियो बनाएर सोसल मिडियामा सेयर गर्छिन् जो एक फेसन इन्फ्लुएन्सर र ट्राभल ब्लगर हुन् ।

‘द्याट बोहो गर्ल’ नामले चर्चित फेसन ब्लगर कृतिका खुरानाको सम्बन्धविच्छेदको खबर सुनेका उनका प्रशंसकलाई झट्का लागेको थियो । कृतिकाले ६ महिना अघि आफ्ना प्रेमी आदित्य छाबडासँग निकै धुमधामका साथ विवाह गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप