राष्ट्रिय कीर्तिमानसहित पुलिसकी चन्द्रकलालाई ज्याभलिन थ्रोमा स्वर्ण
बुधबार, ०२ कात्तिक २०७९, १३ : २१
पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेकी छिन् ।
बुधबार भएको खेलमा चन्द्रकलाले ४७.६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । पोखरा रंगशालामा चन्द्रकलाले आर्मी क्लबकी लक्ष्मी थारुले १३ औं सागमा बनाएको ४५.२७ मिटरको कीर्तिमान भंग गरेकी हुन् ।
यस स्पर्धामा लक्ष्मीले ४५.४९ मिटर थ्रो गर्दै रजत हात पारेकी छिन् । एपीएफकी सिमा चौधरीले ४५.२० मिटर थ्रो कास्य जितिन् । पुरुषतर्फ आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण