केजीएफको ब्यवसाय पछ्याउदै ‘कान्तारा’
ऋषभ शेट्टी अभिनित फिल्म ‘कान्तारा’ ले दिन प्रतिदिन नयाँ रेकर्ड बनाइरहेकोछ । फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ । फिल्म कन्नड उद्योगको तेस्रो धेरै कमाउने फिल्मसमेत बन्न सफल भएको छ ।
कमाईको हिसाबले कान्तारा कन्नड फिल्ममा केजीएफ र केजीएफ २ भन्दा मात्र पछाडि छ । रिलिज भएको २० दिनमा विश्वभर १७१.४१ करोड कमाएर कान्ताराले सबैलाई चकित बनाएको थियो ।
कान्ताराले कमाइको मामलामा कन्नड फिल्म उद्योगका ठूला फिल्मलाई समेत पछाडि पारेको छ । यसले विक्रान्त रोना, जेम्स र ७७७ चार्ली जस्ता फिल्मलाई पछाडि पारेको हो । आम्दानीको रफ्तार यहि गतिमा रहे आगामी दिनमा केजीएफको रेकर्ड समेत तोड्ने अनुमान गनर्ज सकिन्छ ।
कन्नड भाषामा फिल्म राम्रो भएपछि निर्माताले यसलाई अन्य भाषामा रिलिज गरेका थिए । जसको नतिजा निकै शानदार आइरहेको छ । फिल्मले हिन्दी भाषामा मात्र ४ दिनमा १० करोड कमाएको छ भने हिन्दी बाहेक तमिल र तेलुगुमा पनि फिल्म रिलिज भएको छ । अब यो फिल्म छिट्टै २०० करोड क्लबमा सामेल हुने अनुमान लगाइएको छ ।
ऋषभ शेट्टीको निर्देशनमा बनेको यो फिल्म सानो बजेटको बावजुद ठूलो व्यापार गर्न सफल भएको हो । भर्खरै फिल्म निर्देशक राम गोपाल वर्माले यो फिल्म हेर्दा धेरै ठूला फिल्म निर्माताको हराम हुने बताएका थिए ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण