आर्मी टिम १७२ स्वर्ण पदक जित्दै च्याम्पियन
विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सर्वाधिक १७२ स्वर्ण पदक जितेको छ। गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा आर्मीले ११० रजत र ८९ कास्य गरी कुल ३७१ पदक जित्दै पहिलो भएको हो ।
दोस्रो स्थान एपिएफ एपिएफले ६४ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २१८ पदक हात पारेको छ। तेस्रो स्थानमा पनि विभागीय टोलीले नै आफ्नो स्थान बनाएको छ । नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६० रजत र ७३ कास्य गरी कुल १९४ पदक जित्यो।
गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी कुल १२० पदक हात पर्दै चौथो बनेको हो । पाँचौ बनेको बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरी कुल १४५ पदक जित्यो ।प्रदेश एक छैटौं स्थानमा रहँदै १० स्वर्ण, २३ रजत र ५० कास्य गरी कुल ८३ पदक जित्न सफल भयो । यता १० स्वर्ण, १० रजत र ४३ कास्य गरी कुल ६३ पदक जित्दै सुदूरपश्चिम सातौं स्थानमा भयो ।
एनआरएनए टिम आठौं स्थानमा रहँदै १० स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २६ पदक जित्न सफल भयो । लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० कास्य गरी कुल ६८ पदक जित्दै नवौं स्थानमा हुँदा दशौं स्थानको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरी कुल ३९ पदक जित्न सफल भयो । अन्तिम स्थानमा भएको कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत र १२ कास्य गरी कुल १८ पदक जित्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण