कविता : धानका बाला झुलेर
शनिबार, ०५ कात्तिक २०७९, ०७ : १८
धानका बाला झुलेर
हेर बयली खेलेका,
हरिया फाँट पहेंलै
भई निकै नै खुलेका ।
किसान हेर रमाउँदै
छन् खेतका आलीमा
झुलेका बाला देखेर
भाग्छ दुःख पीर डालीमा ।
बाँझो खेतलाई खनेर
हेर मलिलो बनाए,
आशाका किरण यही नै
हेर स्वर्ग देखाए ।
अरुको पेट भर्नलाई
दिनै पसिना बगाए,
घाम पानी नभनी मेहनत गरी
भकारी भराए ।
मौसम पनि खुशी छ
आज घमाइलो बनेर
बालीनाली भित्राई पर्वलाई
हेर स्वागत गरेर ।
कृषि प्रधान मुलुक
हाम्रो विश्वमा प्रसिद्ध
ती पाखा बारी खनी र खोस्री
बनाऊ मुलुक ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण