कविता : प्रिय
शनिबार, ०५ कात्तिक २०७९, ०७ : २२
त्यो क्षितिज पारीको तिम्रो गाउँ
जान मन छ प्रिय
तिमीसंग सयौं जुनी
बिताउन मन छ प्रिय ।
तिम्रो हातमा हात मिलाउँदै
सहकार्य गर्न मन छ प्रिय
तिम्रो काँधमा शिर राखेर
निदाउन मन छ प्रिय ।
मुना र मदनको कथा सुन्दै
अगाडि बढ्न मन छ प्रिय
सबैले देख्ने चखेवाको जोडी जस्तै
बन्न मन छ प्रिय ।
दुई मुटु एउटै धड्कन
वन्न मन छ प्रिय
दुई परिवारलाई एउटै
बनाउन मन छ प्रिय ।
ती जुनेली रातमा तिमीसंगै बसेर
लाखौ तारा गन्न मन छ प्रिय
तिमीलाई यो मन मस्तिष्कको
प्यारो मान्छे बनाउन मन छ प्रिय ।
प्युठान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण