आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कविता : प्रिय

शनिबार, ०५ कात्तिक २०७९, ०७ : २२
शनिबार, ०५ कात्तिक २०७९

त्यो क्षितिज पारीको तिम्रो गाउँ
जान मन छ प्रिय
तिमीसंग सयौं जुनी
बिताउन मन छ प्रिय ।

तिम्रो हातमा हात मिलाउँदै
सहकार्य गर्न मन छ प्रिय
तिम्रो काँधमा शिर राखेर
निदाउन मन छ प्रिय ।

मुना र मदनको कथा सुन्दै
अगाडि बढ्न मन छ प्रिय
सबैले देख्ने चखेवाको जोडी जस्तै
बन्न मन छ प्रिय ।

दुई मुटु एउटै धड्कन
वन्न मन छ प्रिय
दुई परिवारलाई एउटै
बनाउन मन छ प्रिय ।

ती जुनेली रातमा तिमीसंगै बसेर
लाखौ तारा गन्न मन छ प्रिय
तिमीलाई यो मन मस्तिष्कको
प्यारो मान्छे बनाउन मन छ प्रिय ।
 प्युठान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप