कविता : झुप्रो र महल
शनिबार, ०५ कात्तिक २०७९, ०७ : ४४
एउटा देश
एउटा ठूलो महल
एउटा सानो झुप्रो
चुनाव आयो
महलले माग्यो
एउटा भोट
झुप्रोले दियो
महलले जित्यो
अर्को
चुनाव नआउन्जेल
झुप्रोले मागिरह्यो
शिक्षा
स्वास्थ्य
बाटोघाटो
रोजगारी
सुरक्षा
विकासका आधारभूत योजनाहरु
फेरि चुनाव आयो
झुप्रो झुप्रो नै रह्यो
महलले अरु महल थप्यो
देशको निम्ति पसिना बगाउने
सुन्दर घरपरिवारको कल्पना गर्ने
झुप्रोको जवान छोरो
झुप्रो बन्धक राखेर गयो
खाडीमा जोतिन बाध्य भयो
अहिले महल
आफ्नो लागि र
उसैको जवान छोरोको लागि
झुप्रोसंग मागिरहेछ
दुईवटा भोट ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण