कविता : झुप्रो र महल
शनिबार, ०५ कात्तिक २०७९, ०७ : ४४

एउटा देश
एउटा ठूलो महल
एउटा सानो झुप्रो
चुनाव आयो
महलले माग्यो
एउटा भोट
झुप्रोले दियो
महलले जित्यो
अर्को
चुनाव नआउन्जेल
झुप्रोले मागिरह्यो
शिक्षा
स्वास्थ्य
बाटोघाटो
रोजगारी
सुरक्षा
विकासका आधारभूत योजनाहरु
फेरि चुनाव आयो
झुप्रो झुप्रो नै रह्यो
महलले अरु महल थप्यो
देशको निम्ति पसिना बगाउने
सुन्दर घरपरिवारको कल्पना गर्ने
झुप्रोको जवान छोरो
झुप्रो बन्धक राखेर गयो
खाडीमा जोतिन बाध्य भयो
अहिले महल
आफ्नो लागि र
उसैको जवान छोरोको लागि
झुप्रोसंग मागिरहेछ
दुईवटा भोट ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण
-
उच्च रक्तचापसँग सम्बन्धित ५ भ्रमहरू
-
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
-
सहाना प्रधान : जुलुस निकाल्दा पक्राउ, पुष्पलालसँगै कारागार, पछि जागिरबाट निकाला
-
जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एक जनाको मृत्यु
-
घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?