सलमान खानलाई डेंगु संक्रमण, बिग बोस करणले चलाउने
शनिबार, ०५ कात्तिक २०७९, ०७ : ५८
बलिउड अभिनेता तथा टेलिभिजन रियालिटी शो ‘बीग बोस १६’ का होस्ट सलमान खानलाई डेंगु संक्रमण भएको छ । सलमानलाई डेंगु भएपछि केही हप्ता यो शो निर्माता तथा निर्देशक करण जोहारले सञ्चालन गर्ने भएका छन् ।
डेंगुले लामो समय अस्वस्थ बनाउने भएपछि सलमान केही समयका लागि आराम गर्ने मनस्थितिमा छन् । करणलाई शोको होस्टको जिम्मेवारी दिने भनिए पनि करणको तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन । तर निर्माताले भने करणले शो होस्ट गर्ने निश्चित भइसकेको दाबी गरेका छन् ।
करणले यसअघि पनि यो शो होस्ट गरिसकेका छन् । त्यो समयमा यो शो टेलिभिजनमा नभई ओटीटीमा रिलिज भएको थियो । सन २०२१ मा पनि करणले यो शो होस्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण