रोनाल्डोले परिणाम भोग्नुपर्छ : टेन ह्याग
बुधबार टोटनह्यामविरुद्ध क्रिस्टियानो रोनाल्डोले विकल्पका रूपमा आउन अस्वीकार गरेको पुष्टि गर्दै म्यानचेस्टर युनाइटेडका म्यानेजर एरिक टेन ह्यागले 'परिणाम भोग्नुपर्ने' बताएका छन्।
युनाइटेडले २-० को जित निकालेको खेलको ८९ औं मिनेटमा ३७ वर्षीय रोनाल्डोले पूर्ण समयअघि नै बेन्च छोडेर ओल्ड ट्राफोर्ड छोडेका थिए । उनलाई चेल्सीविरुद्ध शनिबारको खेलबाट बाहिर राखिएको छ भने उनी एक्लै प्रशिक्षण गरिरहेका छन्। रोनाल्डो मैदानमा आउन अस्वीकार गरेका हुन् भनेर प्रश्न सोध्दा टेन ह्यागले भने, ‘हो’ ।
टेन ह्यागले पोर्चुगलका खेलाडीलाई यसघि पनि आफ्नो आचरणको बारेमा चेतावनी दिएका थिए । उनले रायो भायोकानोसँगको प्रि-सिजन मैत्रिपूर्ण खेलको हाफ टाइममा ओल्ड ट्राफोर्ड छोडेका थिए। ‘म प्रबन्धक हुँ, म यहाँको संस्कृतिको लागि जिम्मेवार छु। मैले मापदण्ड र मूल्यहरू सेट गर्नुपर्दछ र तिनीहरूलाई नियन्त्रण गर्नुपर्दछ। हामी एक टोलीमा छौँ,’ टेन ह्यागले भने, ‘रायो भायोकानो पछि, मैले भनेँ कि यो अस्वीकार्य थियो, तर त्यतिबेला उनी मात्र थिएनन् । दोस्रो पटक दोहोरिँदा उनले पक्कै त्यसको परिणाम भोग्नु पर्छ। यहाँ भएको त्यही हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण