राष्ट्र बैंकको तथ्यांक भन्छ– भारतमा भन्दा नेपालमा धेरै महंगी
नेपाल राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्ष २०७९/८० को २ महिनाको ‘आर्थिक तथा वित्तीय स्थिति’ तथ्यांकअनुसार नेपालमा भारतको भन्दा धेरै महँगी बढेको छ । साउन र भदौ महिनाको तथ्यांकअनुसार नेपालको मुद्रास्फीति (महँगी) ८.६४ प्रतिशतले बढेको छ । तर, यही समयमा भारतमा महँगीको दर ७.४१ प्रतिशत रहेको छ ।
यो नेपालको भन्दा कम महँगी हो । गत वर्षको २ महिनाको अवधिमा नेपालको महँगी ३.४९ प्रतिशतले बढेको थियो । यसअवधिमा नेपालमा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैह्र–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत छ । यस्तै,फलफूलको मूल्य १७ प्रतिशतले बढेको छ भने घ्यू तथा तेलको मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यसैगरी रेष्टुरेन्ट तथा होटलको मूल्य १२.३० प्रतिशत बढ्दा मदिराजन्य पेय पदार्थको मूल्य १०.२४ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पसँग भेटवार्ता गर्न इजरायली प्रधानमन्त्री अमेरिका प्रस्थान
-
नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार
-
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित
-
‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ !’
-
सलमान खानलाई राहत, हट्ने भयो ‘काला हिरण’को टिजर
-
जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दाजुभाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण