नेपालको वैदेशिक व्यापार– ३४ प्रतिशतले घट्यो निर्यात, १३ प्रतिशतले खुम्चियो आयात
गत आर्थिक वर्षको तुलनामा नेपालको निर्यात ३४ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षको २ महिनाको अवधिमा निर्यात ह्वात्तै घटेको हो ।
तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९÷८० को साउन र भदौ महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात भएको छ । गतवर्ष २०७८÷७९ को २ महिनाको अवधिमा नेपालको निर्यात ११५ प्रतिशतले बढेको थियो । यस अवधिमा नेपालबाट भारततर्फ हुने निर्यात ४५.२ प्रतिशतले र चीनतर्फ हुने निर्यात २१.६ प्रतिशतले घटेको छ ।
यस्तै, यी दुई बाहेक अन्य मुलुकतर्फ हुने निर्यात १३.२ प्रतिशतले घटेको छ । खासगरी, नेपालबाट विदेशतर्फ हुने जिंक सिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी लगायत वस्तुको निर्यात घटेको छ ।
तथ्याङ्कले नेपालको निर्यात मात्र नभई आयातसमेत घटेको देखाएको छ । चालू वर्षको २ महिनाको अवधिमा नेपालको आयात १३ प्रतिशतले घटेको छ । यस अवधिमा नेपालले विदेशबाट २ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ आयात गरेको छ । गत वर्षको यही अवधिमा यस्तो आयात ७५.९ प्रतिशतले बढेको थियो ।
भारतबाट हुने आयात ९.५ प्रतिशतले घट्दा चीनतर्फबाट हुने आयात १३.३ प्रतिशतले घटेको छ । यस्तै, अन्य मुलुकबाट हुने आयात २०.७ प्रतिशतले घटेको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार
-
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित
-
‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ !’
-
सलमान खानलाई राहत, हट्ने भयो ‘काला हिरण’को टिजर
-
जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दाजुभाइ
-
फिर्केलाई चेओङगेचेन बनाउँछु भन्थे मेयर, दुई महिनासम्म खोलाघर भत्काएरै सकिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण