चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई अप्रत्यासित रुपमा पार्टी कंग्रेसबाट बाहिर निकालियो
चिनियाँ कम्युनिष्ट पार्टीको २० राष्ट्रिय कंग्रेसको समापन समारोहबाट पूर्व राष्ट्रपति हु जिन्ताओलाई समातेर बाहिर निकालिएको छ । हाल अन्तर्राष्ट्रिय मिडियामा समेत प्रसारित एक भिडियोमा राष्ट्रपति सी जिनपिङको छेउमा बसिरहेका कमजोर देखिने ७९ वर्षीय हुलाई एकजना अधिकारीले पाखुरामा समाएर लगेको देखिन्छ । भिडियोमा हु जिन्ताओ बाहिर जान अनिच्छुक देखिन्छन् । उनलाई बाहिर लानुको कुनै स्पष्टीकरण दिइएको छैन ।
सन् २००३ देखि २०१३ सम्म राष्ट्रपति पद सम्हालेका हुलाई बाहिर लाँदै गर्दा उनले छेउमा रहेका सी जिनपिङ र ली खछङलाई केही भनिरहेजस्तो पनि देखिएको छ । जवाफमा सीले टाउको हल्लाएको देखिन्छ । अधिकारीले पाखुरा समाएर बाहिर लाँदै गर्दा हुले लीलाई थपथपाएको देखिन्छ ।
एकसाता चलेको अधिवेशनले ६९ वर्षीय सीलाई ऐतिहासिक तेस्रो कार्यकालमा दोहोर्याउने अपेक्षा गरिएको छ । प्रत्येक पाँच वर्षमा आयोजित हुने चिनियाँ सत्तारुढ दलको राष्ट्रिय कंग्रेसको पछिल्लो संस्करणबाट सी जिनपिङको माओत्सेतुङ पछिको सबल नेताको हैसियतलाई थप सबल बनाएको छ ।
यसअघि शनिबार नै पार्टीका २०५ वरिष्ठ पदाधिकारीको केन्द्रीय समिति चयन भएको थियो । पार्टी प्रतिनिधिहरूले सीको विचारलाई चीनको भावी मार्ग निर्देशक सिद्धान्त मान्ने संशोधनलाई सदर गरेका छन् । सी अहिले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव, राष्ट्रपति र सशस्त्र सेना प्रमुखको पद संयोजक हुन् । उनलाई ‘प्यारा माउन्ट लिडर’ अर्थात सर्वोच्च नेताको रुपमा पनि सम्बोधन गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण