संयुक्त राष्ट्र संघको सैनिक टोलीलाई लुम्बिनीमा स्वागत
लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र संघको सैनिक टोलीलाई आज लुम्बिनीमा स्वागत गरेको छ । लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राई, सूचना अधिकारी राजन बस्नेतले टोलीलाई लुम्बिनीमा स्वागत गरेको हो ।
संयुक्त राष्ट्र संघ महासचिवका पूर्व सैनिक सल्लाहकार ह्यूज रसेन रिटायर्ड, संयुक्त राष्ट्र संघमा कार्यरत सहसैनिक सल्लाहकार मिस्टर ओलीभर यूलिच, मिस्टर एड्म क्रिष्टोफर स्मीथ, बगांलादेशी सैनिक अधिकृत रिजोल कभियत, इन्डोनेशियन सेनाका कर्नेल अजवान एडविप सहितको टोली लुम्बिनी आएको छ । त्यसैगरि टोलीमा शान्ति कार्य निर्देशनालयका सहनिर्देशक अशोक चन्द, प्रमुख सेनानी जनककुमार बस्नेत, प्रमुख सेनानी डा। उत्सव मोहसिंह, गरुणदल गणका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपाने र मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलका सहायक रथी किरण केसी पनि टोलीमा सरिक भएका थिए ।
लुम्बिनी आएका सैनिक टोलीलाई जनसम्पर्क अधिकृत राईले लुम्बिनीको इतिहास, पुरातत्त्व, बौद्ध दर्शनको महत्त्वका बारेमा प्रकाश पारेका थिए । यस्तै सैनिक टोलीले मायादेवी मन्दिरको दर्शनसँगै शान्ति स्तूपा र विहार क्षेत्रको अवलोकन गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण