आउँदो चुनावले ओलीको पार्टीलाई बिदाइ गर्नेछ : मन्त्री चौधरी
दाङ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले आगामी निर्वाचनले एमालेको बिदाइ गर्ने बताएका छन् । लमही नगरपालिकाका विभिन्न वडामा बाम लोकतान्त्रिक गठबन्धन दलको संयुक्त कार्यालय उद्घाटनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले जनताको अभिमतको अपमान गर्दै केपी ओलीले जनताले निकै ठुलो बलिदानी गरेर निर्माण गरेको संघीय गणतन्त्र नेपालको संविधानलाई समाप्त पार्न खोजेकाले आगामी चुनावमा एमाले धुलोपिठो हुने उनको भनाई थियो ।
‘जब जब मुलुकमा व्यवस्थासँग जोडिएको विषय आउँछ तब तब बाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको इतिहास छ । एमाले अध्यक्ष ओलीले अहिलेको व्यवस्था विरुद्ध निरन्तर प्रहार गरेकाले अहिले पनि हाम्रो गठबन्धन बनेको छ । ०६२/६३ मा हामी एक हुँदा राजतन्त्र समाप्त भए जस्तै २०७९ को चुनावले ओलीको पार्टीलाई बिदाइ गर्नेछ’ मन्त्री चौधरीले सुनाए ।
गठबन्धन दललाई जिताउने भनेको शान्ति, संविधान, कानुनी राज्य, समावेशी प्रणाली जोगाउने विषय भएको बताउँदै मन्त्री चौधरीले गठबन्धन दलका सबै नेता कार्यकर्ता एउटै मन भएर चुनावमा होमिएको बताए । कार्यक्रममा प्रदेश सभाका उम्मेदवार अनुराग खड्का, नेपाली कांग्रेसका जिल्ला सभापति शंकर डाँगी, शंकर गिरी, एकीकृत समाजवादीका केपी गैरे लगायतले मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण