मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा समृद्धिका योजना पुरा गर्नेछु : गिरी

शनिबार, ०५ कात्तिक २०७९, २० : १८
शनिबार, ०५ कात्तिक २०७९

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ ‘ख’ का उम्मेदवार लीला गिरीले विगतमा थालिएका प्रदेश समृद्धिका योजना पूरा गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । 

लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारले ल्याएका महत्त्वपूर्ण आयोजनाहरूको बजेट कटौती गरेर वर्तमान सरकारले अलपत्र पारेको बताउँदै उनले ती योजनाहरूको निरन्तरताका लागि एमालेकै नेतृत्व आवश्यक रहेको बताए ।

शनिबार रुपन्देहीको तिलोत्तमामा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै लुम्बिनी लुम्बिनी प्रादेशिक अस्पतालको अवधारणा, तिलोत्तमामा मेडिकल कलेजको स्थापना, तिलोत्तमा चक्रपथ, कालिका पथलाई फराकिलो बनाउने काम लगायत दर्जनौँ योजनाहरू केही पूरा गर्नका लागि एमाले नै नेतृत्व गर्न जरुरी रहको औँल्याए । विगतमा सुरु भएका योजनाहरू समेत वर्तमान गठबन्धन सरकारले राजनीतिक स्वार्थ साँधेर अलपत्र पार्ने काम भएकोप्रति चिन्ता व्यक्त गर्दै विकास र समृद्धिका लागि अनावश्यक राजनीतिक गर्नु राम्रो नभएको बताए । 

लुम्बिनी प्रदेशका पूर्वउद्योग तथा पर्यटन मन्त्री समेत रहेका गिरीले आफ्नो पालामा सुरु गरेका जितगढी किल्लाको संरक्षण तथा प्रवर्द्धन, नुवाकोट–बल्ढेङगढी पदयात्रा निर्माण लगायतका योजनाहरूलाई पूरा गर्ने आफ्नो लक्ष्य रहेको बताए । 

 नेता गिरीले एमाले नेतृत्वको सरकारले प्रदेशमाका पहाडी ६ जिल्ला जोड्ने पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोट जोड्ने प्रदेश राजमार्ग, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी भ्रमण वर्ष २०७६, लुम्बिनी, देवदह र तिलौराकोटमा बुद्ध परम्परा मनाउन सुरु, अलपत्र बेलवास बेथरी पर्यटन मार्गलाई तीव्रता, सिद्धबाबाको विकल्प धागो कारखाना चरंगे हुँदै चौकीभन्ज्याड सडक, जीतगढी किल्लाको संरक्षण र प्रवर्द्धन, बुटवल नुवाकोट सडक विस्तार, बुटवलको योगीकुटी नेपालगन्ज रोड जोड्ने बुटवल कालिकापथ ४ लेन सडक निर्माणलाई विशेष योजनाका साथ अगाडि बढाएको बताए । उनले बुटवल मेडिकल कलेजलगायतका विशेष योजनालाई अहिलेका सरकारले अलपत्र पार्न खोजेकाले मतदाता सचेत हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप