मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा राति १० बजेसम्म देउसी खेल्न पाइने

आइतबार, ०६ कात्तिक २०७९, ११ : ०४
आइतबार, ०६ कात्तिक २०७९

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको समयमा रातको १० बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमति दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै  चाडपर्वको समयमा बिस्फोटकजन्य पटकाहरु खरिद –बिक्री गर्ने, पड्काउने, ध्वनी तथा वायु प्रदुषण गर्ने लगायतका गतिविधि नगरि देउसी खेल्न आग्रह गरिएको  छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालद्वारा जारी सूचनामा रातको १०ः०० बजेपछि देउसी भैलो खेल्ने, देउसी भैलो खेल्दा राजमार्ग तथा सहायक राजमार्ग अवरोध गर्ने, बढि रकम असुल्न बाध्यतामा पार्ने जस्ता असामाजिक किसिमका गतिविधि  भएमा कारवाही गरिने  जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ पटाकासम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप