बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी सुरु
बुटवलमा प्रत्येक वर्ष आयोजना हुने औद्योगिक प्रदर्शनी मेला बुटवल ८ रामनगरमा निर्माणाधिन अन्तराष्ट्रिय प्रदर्शनी स्थलमा हुने भएको छ । रुपन्देही उद्योग संघले “सम्मृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मुल नाराका साथ आगामी पौष ७ देखि १९ गतेसम्म १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ गर्न लागेको हो ।
प्रदर्शनीको काम अगाडि बढाउनका लागि निर्देशन तथा कार्यान्वयन समिति तथा विभिन्न उपसमितिहरू गठन गरिएको छ । राजधानी बाहिर निर्माण गरिएको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, बुटवल मण्डपमा आयोजना गरिने प्रदर्शनीमा बुटवल उपमहानगरपालिका र लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाडौं सह आयोजक तथा संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालय, कृषि तथा भूमी व्यवस्थापन मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड काठमाडौं प्रवर्द्धक रहेका छन् ।
प्रदर्शनी सम्पन्न गर्नका लागि संघका अध्यक्ष माधव प्रसाद पौडेलको मूल संयोजकत्वमा निर्देशन तथा कार्यान्वयन समिति गठन गरिएको छ । बुटवल मण्डपमा निर्माणाधिन आधुनिक प्रदर्शनी स्थलमा नयाँ व्यवस्थापन र संरचनामा पहिलो पटक आयोजना गर्न लागिएको प्रदर्शनीमा स्वदेशी उत्पादन, नया प्रविधि, पर्यटन तथा कृषि लगायतका छुट्टाछुट्टै पेभिलियनको व्यवस्था गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण