बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा राति ९ बजेपछि देउसी भैलो खेल्न रोक

आइतबार, ०६ कात्तिक २०७९, १७ : २०
आइतबार, ०६ कात्तिक २०७९

बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आइतबार बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । 

“अन्य जिल्लामा लागू गरेको समयलाई हामीले पनि लागू गर्न खोजेका छौँ”, उनले भने । प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वका बेला हुने चोरी र सम्भावित अपराध तथा दुर्घटना रोक्न एकीकृत सुरक्षा योजना लागू गरिएको उल्लेख गर्दै त्यसका लागि प्रहरी परिचालन भएको बताए । उनले ‘रातभर देउसी, भैलो खेल्दा सार्वजनिक शान्ति भङ्ग हुने खतरा हुनसक्ने भएकाले गम्भीर प्रकृतिका घटना हुनसक्ने भन्दै शान्तिसुरक्षा कायम गर्न देउसी, भैलोमा समय निर्धारण गरिएको उल्लेख गरे । 

तिहारको समयमा दियो, मैनबत्ती, पाला बाल्ने एवं विद्युतीय उपकरण प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटना घट्नसक्ने भएकाले सोतर्फसमेत सचेत रहन प्रहरीले अनुरोध गरेको छ । जिल्लाभर पटाकालगायत प्रज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा पड्काउनसमेत प्रहरीले रोक लगाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप