नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो
नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्याङ्क हो ।
गत वर्ष यस अवधिमा नबिलले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा पनि २४२.२८ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी भने ५ रुपैयाँ १ पैसाले घटेर २७ रुपैयाँ ०१ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ११ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ २८ पैसा छ । – न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण