आहै के को झिलिमिली, फूलको झिलिमिली !!
सोमबार, ०७ कात्तिक २०७९, १३ : ०४
आहै झिलिमिली झिलिमिली
आहै के को झिलिमिली
आहै फूलको झिलिमिली !!
हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठुलो चाड तिहारमा खेलिने देउसी भैलोमा गाइने गीतको हरफले यस चाडमा फूलको महत्त्व कति छ भन्ने दर्साउँछ । यस चाडमा घरहरू फूलैफूलले सजाइने हुँदा तिहारलाई फूलहरूको चाड पनि भनिन्छ ।
तिहारमा विशेष गरेर सयपत्री फूलको बढी प्रयोग हुन्छ । घर सजाउनदेखि पूजा गर्नलाई सयपत्री फूलबाट माला बनाउने गरिन्छ । पछिल्लो समय नेपालमा सयपत्री फूलको खेती पनि फस्टाएको छ । उपत्यकाका आसपासका क्षेत्रमा सयपत्री फूलहरू मनग्गेरुपमा रोपिने गरेका छन् । तिहारमा ती फूलहरूलाई काठमाडौँमा ल्याएर बिक्री गरिन्छ । सयपत्री फूलको मनोरम दृश्यलाई फोटोपत्रकार कृष्ण खड्काले आफ्नो लेन्समा कैद गरेका हुन् । हेरौँ तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणमा राजनीतिक ‘जुगलबन्दी’
-
जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी
-
शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आवश्यक छ : मन्त्री चौधरी
-
नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली
-
पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे
-
चापाकल सुकेसँगै वीरगञ्जमा खानेपानीको अभाव