आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जुम्लामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध

सोमबार, ०७ कात्तिक २०७९, १९ : ५०
सोमबार, ०७ कात्तिक २०७९

जुम्ला सदरमुकाम खलङ्गामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । गत असोज तेस्रो साताको अविरल वर्षापछिको बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । 

नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार बाढीपहिराबाट जुम्ला र कालीकोट खण्डमा ९० वटा पोलमा क्षति पुगेको छ । “खलङ्गामा दुई सातादेखि विद्युत् आपूर्ति भएको छैन”, उनले भने, “स्थानीय घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुली वितरण भइरहेको छ ।” 

अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्राथमिकता दिएर वितरण गरिएको छ । क्षतिग्रस्त भएको स्थानमा बिजुलीका पोल गाड्ने र तार जोड्ने काम भइरहेको छ । सडक अवरुद्ध भएकाले विद्युत् सामग्री ओसारपसारमा समस्या भएको केन्द्रले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप