महाकवि देवकोटाको ११४ औं जन्मजयन्ती मनाइयो
आज लक्ष्मी पूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती धुमधामका साथ मनाइएको छ । काठमाडौंको संचारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा मंगलबार आयोजित कार्यक्रममा त्यहाँस्थित महाकवि देवकोटाको पूर्ण कद्को शालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाइएको हो ।
त्यस अवसरमा साहित्यकारहरूले महाकवि देवकोटालाई समर्पित गरेर कविताहरू बाचन गरेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले महाकवि देवकोटा नेपालको मात्रै नभएर अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्याति प्राप्त साहित्यकार भएको उल्लेख गरे । उनले देवकोटाले बनारस बसेर कष्टका साथ रचना गरेका साहित्यले ठूल्ठूला खण्डकाव्यको रुपमा लिएको पनि स्मरण गराए ।
कार्यक्रममा कविशिरोमणि लेखनाथ पौडेल र नाट्य सम्राट बालकृष्ण समको पनि पूर्ण कदको शालिकमा माल्यार्पण गरिएको थियो । महाकवि देवकोटाको जन्म विक्रम संवत् १९६६ साल कातिक २७ गते लक्ष्मी पूजाको दिन काठमाडौंको डिल्ली बजारमा भएको थियो । तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाको साहिँला छोराको रुपमा जन्मनु भएको महाकवि देवकोटा शिक्षामन्त्री समेत बनेका थिए । उनको २०१६ साल भदौ २९ गते सोमबार साँझ ६ बजेर १० मिनेटमा क्यान्सरको कारणले निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण