संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको छ : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् । तिहार–२०७९ तथा नेपाल संवत् ११४३ प्रारम्भको अवसरमा शुभकामना दिँदै उनले समृद्ध नेपाल निर्माणका लागि एकाकार भएर अगाडि बढ्न सम्पूर्ण नेपालीलाई विभिन्न पर्वले ऊर्जा प्रदान गरोस् भनी कामना गरे ।
उपराष्ट्रपति पुनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी रहेको बताए । उनले तिहार र नेपालको मौलिक संवत् नेपाल संवत्ले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
“उज्यालो र उल्लासको पर्वका रुपमा मनाइने नेपालीको महान् चाड तिहारलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदैछ । नेपालको मौलिक संवत् नेपाल संवत्को नववर्ष ११४३ को सुखद प्रारम्भ पनि यसै अवसरमा हुँदैछ”, उनले भने, “देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको साथै मुलुकको समृद्धिको शुभकामना व्यक्त गर्दछु ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण