शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चिनियाँ र रुसी विदेशमन्त्रीबीच फोनवार्ता

शुक्रबार, ११ कात्तिक २०७९, १३ : २६
शुक्रबार, ११ कात्तिक २०७९

चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा बिहीबार फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

हालैमात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई बधाई सन्देश पठाएका थिए । चिनियाँ राष्ट्रपति चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चयन भएकामा सो बधाई सन्देश पठाएका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ नेशनल कंग्रेसबाट चिनियाँ राष्ट्रपति चिनफिङ सो पार्टीको महासचिवमा पुनः चयन भएका हुन् । सो वार्ताका क्रममा विदेशमन्त्री लाभरोभले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चयन भएकामा राष्ट्रपति चिनिफिङ तथा सो पार्टीको पोलिटब्युरो सदस्यमा चयन भएकामा विदेशमन्त्री वाङलाई बधाई दिएका थिए ।

त्यस क्रममा विदेशमन्त्री वाङले चीन र रुसबीचको सम्बन्धलाई थप बलियो र गाढा बनाउनेतर्फ आगामी दिनमा चीन लाग्ने बताएका थिए । फोनवार्ताका क्रममा उनीहरुका बीचमा दुई देशबीचको आपसी हित र सम्बन्धको साझेदारीका विभिन्न विषयमा पनि कुराकानी भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप