जनताको विकासको चाहना पूरा गर्न लागिपर्छु : मन्त्री चौधरी

सहरी विकास मन्त्री एवं दाङ –१ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले विकासका लागि हो भने आफ"लाई निर्धक्क भोट हाल्न अनुरोध गरेका छन् ।
स्थानीय बुद्दीजिविहरुसँग कुरा गर्दै शुक्रबार मन्त्री चौधरीले भने, ‘म सधैँ सांसद नहाेउला, म फेरि मन्त्री बनौला या नबनाैला तर यदी तपाईंहरु यस क्षेत्रको विकास चाहनुहुन्छ भने मलाई निर्धक्क भोट हाल्नुहोस् । जनताको काममा, जनताको विकासको चाहना पूरा गर्न जहिल्यै लागिपरेको छु । म सांसद हुँदा मैले सुरु गरेका विकासका योजनाहरु, मेरो काम गर्ने शैली, मेरो बानी व्यहोरा सबै तपाईंहरुलाई थाहै छ । मैले विकासका काममा कहिल्यै पक्षपात गरिनँ । र अब पनि गर्ने छैन ।’
राजनीति गर्ने मान्छे सरल, सहज र इमानदार हुनुपर्ने बताउँदै मन्त्री चौधरीले आफुले सधैँ त्यसतर्फ ध्यान दिएको बताए । जनतासँग ठुला कुरा गर्ने, जनतालाई होच्याउने मान्छे नेता पनि हुन नसक्ने भन्दै उनले सबैलाई समेटेर अगाडि बढ्ने आफ्नो बानी रहेकाले पनि सबैको साझा उम्मेदवार बनेर चुनावी मैदानमा उभिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट