इराकमा नयाँ सरकार गठनको महासचिव गुटरेसद्वारा स्वागत
शनिबार, १२ कात्तिक २०७९, १७ : १९
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इराकमा नयाँ सरकार गठन भएकामा त्यसको स्वागत गरेका छन् । एक्काइस सदस्यीय मन्त्रिपरिषद्मा तीन जना महिला नियुक्त भएकामा त्यसको पनि उनले स्वागत गरेको महासचिवका प्रवक्ताले बताएका छन् ।
महासचिव गुटरेसले नयाँ सरकारलाई सुधार, जवाफदेही र समुज्ज्वल भविष्यका लामो समयदेखि इराकी जनताले गरेका अपेक्षा पूरा गर्न आग्रह गरेको बताउँदै प्रवक्ता स्टेफेन डृुजारिकले नववठित सरकार र इराकी जनतालाई सहयोग गर्न राष्ट्रसंघ पूर्ण प्रतिबद्ध रहेको महासचिवले बताएका छन् । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण