सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण
शनिबार, १२ कात्तिक २०७९, २० : ०९
निर्वाचन आयोगले प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका सूर्य बहादुर थापालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको पाइएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था रहेपनि उम्मेदवार थापाले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिता प्रतिकूल रहेको ठहर आयोगले गरेको छ ।
उनलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय प्युठानमा जवाफ प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वायु थप सक्रिय, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
महाशिला गाउँपालिकाको नीति तथा कार्यक्रम गुरुङ भाषामा
-
कुन देशको मुद्राको विनिमय दर कति ?
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण