चाडबाड सकिएसँगै भोट माग्न गाउँ पसे उम्मेदवार
कालिकोट जिल्लामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँ–गाउँमा पसेका छन् । चाडबाड सकिएलगत्तै प्रमुख राजनीतिक दलका उम्मेदवार मत माग्दै गाउँ पसेका हुन् ।
जिल्लामा सत्ता गठबन्धन दल, नेकपा एमाले, विपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । चाडबाडका कारणले चुनावी प्रचारको काम गर्न नपाएकामा उम्मेदवार अहिले चाडबाड सकिएका कारणले तीव्ररूपमा चुनावी प्रचार र नागरिक भेटघाट कार्यक्रममा उम्मेदवार गाउँ पसेका हुन् ।
चाडबाडका समयमा नागरिक बीचमा विभिन्न पार्टी कार्यकर्तासँग अन्तक्र्रिया गठबन्धनको बैठकलगायतका काम भइरहेको गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभाका उम्मेदवार महेन्द्रबहादुर शाहीले जानकारी दिए । “हामी गठबन्धनका साझा एजेण्डा लिएर चुनावी मैदान होमिएका छौँ”, उनले भने, “अहिले हामीले गठबन्धन संयुक्त चुनाव प्रचार–प्रसार समिति तथा अन्य काम सकेर नागरिकबीचमा पुगेको छौँ ।”
नेपाली कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलसँग तालमेल गरेर चुनावी अभियान जुटेको न कांग्रेस प्रदेशसभा (ख) का उम्मेदवार हिक्मतबहादुर विष्टले जानकारी दिए । “मैले मेरो निर्वाचन पालिका रहेको नरहरिनाथ गठबन्धनको कार्यक्रम सकेर सान्नी त्रिवेणी गाउँपालिका गठबन्धन दलको बैठक सकेर रास्कोटमा लागेको छु”, उनले भने, “चाडबाड सकियो । कांग्रेसले अहिले सम्पूर्ण शक्ति चुनाव प्रचार–प्रसारमा लगाएको छ ।”
नेकपा एमाले प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्रबहादुर शाहीले पार्टीको एजेण्डा लिएर गाउँगाउँमा मतमाग्ने काम भइरहेको बताए । “अहिले म नागरिकका बीचमा रहेको छु । पार्टी र मेरो भावी चुनावी घोषणापत्र लिएर प्रचार–प्रसार गरिरहेको छु”, उनले भने, “नागरिकका गुनासा पनि सुन्ने काम र उहाँहरूका समस्याका विषयमा सुझाव लिने काम भइरहेको छ ।”
जिल्लामा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका महेन्द्रबहादुर, एमालेका नगेन्द्र र स्वतन्त्ररूपमा उम्मेदवारी दिएका काशीचन्द्र बराल प्रतिस्पर्धामा छन् ।
प्रदेशसभा सदस्यमा १ मा गठबन्धनका तर्फबाट माओवादीका दुर्गबहादुर रावत, एमालेका कुर्मराज शाही, राप्रपाका सूर्यबहादुर शाही र नेमकिपाका रवीन्द्र शाही चुनावी मैदानमा रहेका छन् भने प्रदेशसभा २ मा गठबन्धनको तर्फबाट कांग्रेसका हिक्मतबहादुर विष्ट, एमालेका वीरेन्द्रबहादुर बोगटी, नेमकिपाका जनकबहादुर विष्ट, कांग्रेस विपीका कर्णबहादुर विष्ट, एकीकृत समाजवादीका विश्वराज बम र स्वतन्त्र उम्मेदवारका रूपमा लक्ष्मणबहादुर बम चुनावी मैदानमा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण