छ ‘ब’ को नीति कार्यान्वयन गर्न कर्णालीका मुख्यमन्त्री शाहीले मागे हुम्ला बासीसँग पुनः भोट
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले छ ‘ब’ सिद्धान्त कार्यान्वयन गर्नका लागि हुम्ला बासीसँग पुनः एक पटक भोट मागेका छन् । शाहीले यो सिद्धान्त प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुरुवात गरेका थिए । हुम्ला प्रदेश सभा (ख) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार शाहीले आफूले हुम्ला बनाउने सपना नभइ योजना लिएर आएको समेत बताए ।
शाहीको छ ‘ब’ सिद्धान्तमा बाटो, विजुली, विचार, वन, बजार र व्यवस्था उल्लेख गरिएको छ । यद्यपि उनको सिद्धान्तमा शिक्षाको विषय छुटेको भन्दै यसअघि प्रदेश सभामा आवाज समेत उठ्ने गरेका थिए ।
मुख्यमन्त्री शाहीले आधुनिक कृषि प्रणालीको विकास गर्न नभई विचार गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । साथै वन पैदावारको व्यवस्थापन गर्न, कर्णालीमा पुर्वाधार सम्पन्न बनाउन, स्वास्थ्य, शिक्षा र रोजगारमा सुधार गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
सुरुमा सामाजिक सञ्जालमा के तपाइँलाई थाह छ ? भन्ने अभियान चलाएका उनले हुम्ला सदरमुकाम सिमकोट र वरिपरिको क्षेत्रलाई फराकिलो र व्यवस्थित बनाउन, हुम्लामा ‘एक घर एक शौचालय खुल्ला दिशामुक्त’अभियान नीतिको तर्जुमा एवम कार्यको सुरुवात आफूले गरेको दाबी गरेका छन् ।
गठबन्धनका साझा उम्मेदवार रहेका शाही ०७४ मा कांग्रेसबाट चुनाव जित्ने एक मात्र नेता थिए । उनले कर्णाली करिडोर निर्माण कार्यको सुरुवात गर्ने जस पनि आफूले नै लिएका छन् भने आसन्न निर्वाचनमा विजयी भएको खण्डमा हुम्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने र हुम्लालाई विद्युतको राष्ट्रिय प्रशारण लाइनसँग जोड्ने समेत उल्लेख गरेका छन्।
‘जसको नीति उसैको नेतृत्व,’ उनले भनेका छन्,‘समयसँगै कर्णाली र हुम्लालाई दौडाउन र समृद्ध र सम्पन्न हुम्ला बनाउनु छ ।’
मुख्यमन्त्री शाहीले पुर्व माओवादी नेता छक्कबहादुर लामासँग प्रतिस्पर्धा गर्दैछन् । लामा केही समयअघि मात्रै एमाले प्रवेश गरेका थिए । ०७४ मा स्वतन्त्रबाट प्रतिनिधि सभा चुनाव जितेका लामा र शाहीबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । लामा र शाही दुबै जना हुम्लामा व्यक्तिगत रुपमा बलिया छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण