आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा १ सय ५१ जनाको मृत्यु

आइतबार, १३ कात्तिक २०७९, ०८ : १४
आइतबार, १३ कात्तिक २०७९

दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ५१ जनाको मृत्यु भएको छ । शनिवार राति हालविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ५१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । 

ज्यान गुमाउनेमध्ये दुई जना विदेशी नागरिक पनि रहेका छन् । भागदौड किन मच्चियो भन्ने खुलेको छैन । कोरोना महामारीका कारण तीन वर्षसम्म हालविन इभ मनाउन नपाएका हजारौँ कोरियाली युवायुवती यसपालि निकै उत्साहका साथ सडकमा निस्केर इभ मनाइरहेका थिए । मध्यरातमा भएको भागदौडबाट ज्यान गुमाउनेमध्ये धेरैजसो युवायुवती नै रहेका खबरमा उल्लेख छ । 

कोरियाली सरकारले घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप