गोरखा आउँदा रिल्याक्स फिल गरेको छु : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा आउन पाएकोमा आफुले गौरवान्वित महशुस गरेको बताएका छन् । आइतबार बिहान गोरखाको भच्चेकमा आयोजित कार्यक्रममा मतदाताहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘निर्वाचनमा सहभागी हुँदै गर्दा सायद अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि यो निर्वाचन सबभन्दा सहज ठानेको छु’, प्रचण्डले भने, ‘यहाँ आउदा रिल्याक्स फिल गरेको छु, यस्तो निर्वाचन पहिलो पटक हुदैछ ।’
उनले एउटा निश्चित सपना बोकेर आफु गोरखा आएको पनि बताए । राजनीतिक परिवर्तन र क्रान्ति धेरै भएपनि जनताको जीवनमा परिवर्तन, सुशासन र विकासले गति नलिँदा परिवर्तनको औचित्य सिद्ध गर्ने प्रयास भनेजसरी नभएको भन्दै उनले सोही कारण आफु आएको बताए । ‘म गोरखा आउनुको उद्देश्य या मक्सद भनेको गोरखा हरेक दृष्टिकोणले, ऐतिहासिक, भौगोलिक, पछिल्लो हाम्रो आन्दोलनको दृष्टिकोणले पनि महत्वपुर्ण जिल्लाभित्र पर्दछ’, उनले भने, ‘यहाँ आउँदै गर्दा गठबन्धनभित्र पनि दरिलो एकता भएको छ । सुशासन र विकासको सानो सपना बोकेर होइन, राजनीतिक परिवर्तनको औचित्य सिद्ध गर्ने गरी आएको छु ।’
कार्यक्रममा नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले आफुले सुरु गरेका राम्रा कामको निरन्तरताका लागि अहिलेको अवस्थामा नेपालको सबभन्दा चर्चित व्यक्ति (प्रचण्ड) गोरखामा आएकोमा आफु अत्यन्त हर्षित भएको बताए । उनले निर्वाचनपछिको प्रधानमन्त्री प्रचण्ड रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण