सुर्खेतका बाढी पीडितद्वारा कर्णाली राजमार्ग अवरुद्ध
आइतबार, १३ कात्तिक २०७९, १४ : १६
सुर्खेतका बाढी पीडितले कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् । बराहताल गाउँपालिका–२ गिरीघाटमा रहेका बाढी पीडितले पुनःस्थापनाको माग गर्दै सडक अवरुद्ध गरेका हुन् । ०७१ सालमा बाढी पहिरोबाट विस्थापित भएकाहरु गिरीघाटमा बस्दै आएका छन् । भेरी नदीमा आएको बाढी पक्का, रानीघाट, इखेनीका बस्तीमा पसेको थियो ।
उनीहरुले बीना जानकारी नै सडक अवरुद्ध गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार बिहानदेखि उनीहरुले आफ्ना विभिन्न माग राख्दै सडक अवरुद्ध गरेको बताएको छ । राजमार्ग अवरुद्धसँग कर्णाली राजमार्गमा आजत–जावत गर्ने सवारी साधनहरू ठप्प भएका छन् । राजमार्ग खुलाउनका लागि प्रहरीको टोली गिरीघाटतर्फ लागेको छ । गिरीघाट वीरेन्द्रनगरदेखि पश्चिमतर्फ पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण