बुर्किना फासो : जिहादी समूहको आक्रमणमा १३ सैनिकको मृत्यु
आइतबार, १३ कात्तिक २०७९, १५ : २०
बुर्किना फासोको पूर्वी प्रान्तमा संदिग्ध जिहादी समूहले आक्रमण गरी १३ सैनिकको हत्या गरेको सुरक्षा स्रोतले आइतबार एएफपीलाई जानकारी दिएको छ ।
आक्रमणमा सेनाका चार सदस्य घाइते भएको सैनिक स्रोतले जनाएको छ । सेनाका अनुसार आक्रमणपछि सेनाले गरेको जवाफी कारबाहीका क्रममा कैयौँ विद्रोही हताहत भएको बताइएको छ ।
बुर्किना फासोमा सात वर्षदेखि जारी विद्रोहका क्रममा हजारौंको ज्यान गएको छ भने करिब २० लाख मानिसलाई घरबाट विस्थापित बनेका छन् ।
पश्चिम अफ्रिकामा अवस्थित यो मुलुकमा जिहादी समूहले थालेको आक्रमणपछि प्रायः ग्रामिण ईलाकामा सरकारी सुरक्षाकर्मीको न्यून उपस्थिति रहने गरेको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण