आमिरकी आमालाई हृदयघात
आमिर खानकी आमा जीनतलाई हृदयघात भएको छ । उनको पाँचगनी घरमा अचानक हृदयघात हुँदा आमिर पनि उनीसँगै थिए । आमिरले तुरुन्तै आफ्नी आमालाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गराएका थिए । त्यसपछि उनी आमासँग अस्पतालमा बस्दै आएका छन् । आमिरको परिवारका अन्य सदस्य पनि अस्पताल आउँदै जाँदै गरिरहेका छन् ।
आमिरकी आमाको स्वास्थ्यमा अहिले भने बिस्तारै सुधार भइरहेको स्रोतले बताएको छ । आमिर र उनका परिवारका सदस्यहरूले यो समाचार मिडियामा बढी नफैलियोस् भन्ने चाहेका थिए । आमिरले हालै फिल्म निर्माता करण जोहरको च्याट शो कफी विथ करणमा आफ्नो व्यस्त कार्य तालिकाका कारण आफ्नो परिवारलाई धेरै समय दिन नसक्ने र आफ्नो जीवनमा यो कुरा नै सबैभन्दा बढी पश्चातापको विषय भएको बताएका थिए। आमिरले आफ्नो जीवनमा सम्बन्धको महत्व धेरै हुने भएकाले आफू आमा र छोराछोरीलाई अधिकतम समय दिन चाहेको बताएका थिए । आमिर आफ्नो फिल्म लाल सिंह चड्डाको प्रमोशनका लागि शोमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण