सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बाराबाट म विजयी हुनेमा कुनै शंका छैन : श्रेष्ठ

सोमबार, १४ कात्तिक २०७९, २० : ५२
सोमबार, १४ कात्तिक २०७९

पूर्वश्रममन्त्री तथा बारा निर्वाचन क्षेत्र नम्बर ४ का सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले वाम लोकतान्त्रिक गठबन्धन बलियो भएकाले आफू विजयी हुनेमा कुनै शंका नभएको बताएका छन् । बारा–४ मा चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै पूर्वमन्त्री श्रेष्ठले अरूलाई अपवित्र गठबन्धन भन्नेहरूले पनि गठबन्धन गरेको तर, देशैभर वाम लोकतान्त्रिक गठबन्धनको जित निश्चित भएको दाबी गरेका हुन् ।

‘५ दलीय वाम लोकतान्त्रिक गठबन्धन देशभर नै बलियो छ, यो गठबन्धन देशको आवश्यकता हो, त्यो कुरा बारा ४ का जनताले पनि बुझेका छन् । त्यसकारण पनि म विजयी हुने कुरामा कुनै शंका छैन’ श्रेष्ठले भने ‘म तनहुँबाट टपक्क टिपेर बारा आएको व्यक्ति पनि होइन एक दशकदेखि यहाँ व्यवसायी रूपमा जोडिएर राजनीतिक र  सामाजिक रूपमा यहाँका जनताको समस्या नजिकबाट बुझेको छु ।’ 

२०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठले यसपटक शिर्ष नेताहरूको अनुरोधमा आफूले बाराबाट उम्मेदवारी दिएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप