बाराबाट म विजयी हुनेमा कुनै शंका छैन : श्रेष्ठ
पूर्वश्रममन्त्री तथा बारा निर्वाचन क्षेत्र नम्बर ४ का सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले वाम लोकतान्त्रिक गठबन्धन बलियो भएकाले आफू विजयी हुनेमा कुनै शंका नभएको बताएका छन् । बारा–४ मा चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै पूर्वमन्त्री श्रेष्ठले अरूलाई अपवित्र गठबन्धन भन्नेहरूले पनि गठबन्धन गरेको तर, देशैभर वाम लोकतान्त्रिक गठबन्धनको जित निश्चित भएको दाबी गरेका हुन् ।
‘५ दलीय वाम लोकतान्त्रिक गठबन्धन देशभर नै बलियो छ, यो गठबन्धन देशको आवश्यकता हो, त्यो कुरा बारा ४ का जनताले पनि बुझेका छन् । त्यसकारण पनि म विजयी हुने कुरामा कुनै शंका छैन’ श्रेष्ठले भने ‘म तनहुँबाट टपक्क टिपेर बारा आएको व्यक्ति पनि होइन एक दशकदेखि यहाँ व्यवसायी रूपमा जोडिएर राजनीतिक र सामाजिक रूपमा यहाँका जनताको समस्या नजिकबाट बुझेको छु ।’
२०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठले यसपटक शिर्ष नेताहरूको अनुरोधमा आफूले बाराबाट उम्मेदवारी दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण