सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रिठेपानी डाँडा कटान गर्न अझै केही दिन लाग्ने

मङ्गलबार, १५ कात्तिक २०७९, ११ : १७
मङ्गलबार, १५ कात्तिक २०७९

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बाधक पूर्वपट्टिको रिठेपानी डाँडा कटान गर्न अझै केही दिन लाग्ने भएको छ । उडान भर्न डाँडा कटान गर्नुपर्ने भएपनि लामो समयदेखि काम हुन सकेको छैन । विमानस्थल सञ्चालन गर्न डाँडा कटान, ल्यान्डफिल साइट, आर्मी ब्यारेक लगायतका काम गर्न बाँकी छ ।

विमानस्थल आयोजना प्रमुख विनेस मुनकर्मीकाअनुसार डाँडा कटान गर्न अझै १५ दिनमा लाग्ने बताए । उक्त डाँडा ४० मिटर होचो बनाउने योजना छ । तर १४ मिटर काटेपछि नै परीक्षण उडान गर्न सकिने मुनकर्मी बताउँछन् ।
उक्त डाँडा कटानका लागि विमानस्थल आयोजनालाई वन मन्त्रालयले केही समयअघि स्वीकृति दिएको थियो ।

भौतिक निर्माणका हिसाबले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जहाज उडानका लागि तयार छ । धावन मार्ग, टर्मिनल भवन र अरू उपकरणको चाँजोपाँचो सबै मिलिसकेको छ । विमानस्थल नजिककै ल्यान्डफिल्ड साइट सार्नुपर्ने काम भने बाँकी छ । पोखरा महानगरपालिकाले ल्यान्डफिल्ड साइटका लागि विकल्प तयार पार्न सकेको छैन । मेयर धनराज आचार्यले फोहोर  व्यवस्थापन छिटोछरितो नयाँ विकल्प खोजी गर्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप