सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मङ्गलबार, १५ कात्तिक २०७९, ११ : ४८

सिरहाको धनगढीमाई नगरपालिका–७ मा हिजो विङ्गरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना युवती घाइते भएकी छिन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गोलबजार नगरपालिका–१२ बस्ने २२ वर्षीय अमरेश कुमार मण्डल रहेका छन् । उनको उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको हो । घाइते भएकी मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय पार्वती देवी मण्डलको भने मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ ।
प्रदेश २–०१–००१ प ३९ ८२ नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको विङ्गरले हिजो साँझ सवा ६ बजे ठक्‍कर दिएको थियो । वीङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो
-
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टि–२० सिरिजका लागि नेपाली टिमको बिदाइ (तस्बिरहरु)
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
-
मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ
-
आन्तरिक उडान गर्ने हवाई जहाजले यात्रुलाई भेडा बाख्राजस्तो व्यवहार गरे : महेश बस्नेत
-
मखनमा ग्याँस विस्फोटबाट आगलागी, मृतक महिला नाङ्लो पसले