यी हुन् विश्वकै सबैभन्दा धनी व्यावसायिक घरानाहरु
ब्लूमबर्गले विश्वका सबैभन्दा धनी २५ व्यावसायिक घरानाहरूको सूची सार्वजनिक गरेको छ । २२४ अर्ब डलरसहित वालमार्ट चलाउने वाल्टन परिवार यो सूचीमा शीर्ष स्थानमा रहेका छन् ।
दोस्रो नम्बरमा अमेरिकाको मार्स परिवार रहेको छ । यो परिवारको कूल सम्पत्ति १६० अर्ब अमेरिकी डलर रहेको छ । यो परिवारको मुख्य कारोबार कन्फेक्सनरी र पेट केयर हो । यो विश्वको सबैभन्दा ठुलो पेट केयर उत्पादक कम्पनी हो । अहिले यो परिवारको पाँचौँ पीढीले कारोबार गरिरहेको छ ।
तेस्रो नम्बरमा कोच औद्योगिक घराना रहेको छ । यस परिवारको कूल सम्पत्ति १२८ अर्ब डलरको रहेको छ । फेडरिक कोचले सबैभन्दा पहिलो सन् १९४० मा वुड रिभर आयल एन्ड रिफाइनिङ कम्पनीको स्थापना गरेका थिए । अहिले यो परिवारको तेस्रो पुस्ता कारोबारमा रहेको छ ।
साउदी अरबको अल सऊद परिवार यो सूचीको चौथो नम्बरमा छ । यस परिवारको कूल सम्पत्ति १०५ अर्ब डलर रहेको छ । साउदीका राजकुमार मोहम्मद बिन सलमान निजीरुपमा १ सय अर्ब डलरभन्दा बढी सम्पत्तिलाई नियन्त्रण गर्छन् । पाँचौँ नम्बरमा फ्रान्सको हर्मस परिवार छ । यस परिवारको कूल सम्पत्ति करिब ९५ अर्ब डलर रहेको छ ।
भारतको अम्बानी परिवार यो सूचीमा छैटौँ स्थानमा छन् । धीरुभाइ अम्बानीले सन् १९५० को दशकमा रिलायन्स इन्डस्ट्रीजको स्थापना गरेका थिए । सन् १९५७ मा यमनबाट भारत फर्केर आएका धीरुभाइ अम्बानीले मुम्बईमा आफ्नो कारोबार सुरु गरेका थिए । अम्बानी परिवारको कूल सम्पत्ति ८५ अर्ब डलर रहेको छ । सन् २००२ मा धीरुभाइको निधनपछि उनको कारोबार अनिल अम्बानी र मुकेश अम्बानीबीच अंशबन्डा भएको थियो । अहिले अम्बानी परिवारको तेस्रो पिढी कारोबारमा संलग्न रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण