मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

यी हुन् विश्वकै सबैभन्दा धनी व्यावसायिक घरानाहरु

मङ्गलबार, १५ कात्तिक २०७९, ११ : ५४
मङ्गलबार, १५ कात्तिक २०७९

ब्लूमबर्गले विश्वका सबैभन्दा धनी २५ व्यावसायिक घरानाहरूको सूची सार्वजनिक गरेको छ । २२४ अर्ब डलरसहित वालमार्ट चलाउने वाल्टन परिवार यो सूचीमा शीर्ष स्थानमा रहेका छन् ।

दोस्रो नम्बरमा अमेरिकाको मार्स परिवार रहेको छ । यो परिवारको कूल सम्पत्ति १६० अर्ब अमेरिकी डलर रहेको छ । यो परिवारको मुख्य कारोबार कन्फेक्सनरी र पेट केयर हो । यो विश्वको सबैभन्दा ठुलो पेट केयर उत्पादक कम्पनी हो । अहिले यो परिवारको पाँचौँ पीढीले कारोबार गरिरहेको छ ।

तेस्रो नम्बरमा कोच औद्योगिक घराना रहेको छ । यस परिवारको कूल सम्पत्ति १२८ अर्ब  डलरको रहेको छ । फेडरिक कोचले सबैभन्दा पहिलो सन् १९४० मा वुड रिभर आयल एन्ड रिफाइनिङ कम्पनीको स्थापना गरेका थिए । अहिले यो परिवारको तेस्रो पुस्ता कारोबारमा रहेको छ ।

साउदी अरबको अल सऊद परिवार यो सूचीको चौथो नम्बरमा छ । यस परिवारको कूल सम्पत्ति १०५ अर्ब डलर रहेको छ । साउदीका राजकुमार मोहम्मद बिन सलमान निजीरुपमा १ सय अर्ब डलरभन्दा बढी सम्पत्तिलाई नियन्त्रण गर्छन् । पाँचौँ नम्बरमा फ्रान्सको हर्मस परिवार छ । यस परिवारको कूल सम्पत्ति करिब ९५ अर्ब डलर रहेको छ ।

भारतको अम्बानी परिवार यो सूचीमा छैटौँ स्थानमा छन् । धीरुभाइ अम्बानीले सन् १९५० को दशकमा रिलायन्स इन्डस्ट्रीजको स्थापना गरेका थिए । सन् १९५७ मा यमनबाट भारत फर्केर आएका धीरुभाइ अम्बानीले मुम्बईमा आफ्नो कारोबार सुरु गरेका थिए । अम्बानी परिवारको कूल सम्पत्ति ८५ अर्ब डलर रहेको छ । सन् २००२ मा धीरुभाइको निधनपछि उनको कारोबार अनिल अम्बानी र मुकेश अम्बानीबीच अंशबन्डा भएको थियो । अहिले अम्बानी परिवारको तेस्रो पिढी कारोबारमा संलग्न रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप