अझै भेटिएनन् भेरीमा बेपत्ता दुई युवक
पिकनिक खाना गएर पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई युवा अझै भेटिएका छैनन् । शनिबार दिउँसो वीरेन्द्रनगरबाट पिकनिक खाना गएका वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय दीपक थापा र १९ वर्षीय चन्द्र बिसी (छवि) पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
प्रहरीले दुई दिनसम्म पनि खोजतलास गर्दा उनीहरूको अत्तोपत्तो नै नलागेको हो । शनिबार दिउँसो तीन बजेदेखि उनीहरू नदीमा डुबेर बेपत्ता भएका थिए । त्यसलगत्तै सशस्त्र प्रहरी बल रक्तकालीगढ बाङ्गेशिलका प्रमुख एसपी विमल डाँगीको नेतृत्वमा खोजी कार्य सुरु भएको थियो । यद्यपि उनीहरू अझैसम्म नभेटिएको डाँगीले रातोपाटीलाई बताए ।
उनले भने, ‘चार जनाको गोताखोरको टोली समेत खटाएर खोजी कार्य गर्दा समेत पत्ता लगाउन सकिएको छैन । ’ तिहारमा देउसी भैलो खेलेको उनीहरूको समूह भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै पिकनिक खान गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण