अझै भेटिएनन् भेरीमा बेपत्ता दुई युवक
पिकनिक खाना गएर पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई युवा अझै भेटिएका छैनन् । शनिबार दिउँसो वीरेन्द्रनगरबाट पिकनिक खाना गएका वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय दीपक थापा र १९ वर्षीय चन्द्र बिसी (छवि) पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
प्रहरीले दुई दिनसम्म पनि खोजतलास गर्दा उनीहरूको अत्तोपत्तो नै नलागेको हो । शनिबार दिउँसो तीन बजेदेखि उनीहरू नदीमा डुबेर बेपत्ता भएका थिए । त्यसलगत्तै सशस्त्र प्रहरी बल रक्तकालीगढ बाङ्गेशिलका प्रमुख एसपी विमल डाँगीको नेतृत्वमा खोजी कार्य सुरु भएको थियो । यद्यपि उनीहरू अझैसम्म नभेटिएको डाँगीले रातोपाटीलाई बताए ।
उनले भने, ‘चार जनाको गोताखोरको टोली समेत खटाएर खोजी कार्य गर्दा समेत पत्ता लगाउन सकिएको छैन । ’ तिहारमा देउसी भैलो खेलेको उनीहरूको समूह भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै पिकनिक खान गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’
-
‘अपरेसन सिन्दुर’ भारतको बढ्दो सैन्य सामर्थ्यको प्रदर्शन
-
मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
-
इजलासमा रवीन्द्र मिश्रका वकिलले सम्झिए बाबुराम, शेरबहादुर र ५२ सालको त्याे घटना
-
भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति
-
यस्ता छन् निजामती विधेयकमा गरिएका १० नयाँ व्यवस्था