आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जुम्लामा विस्फोटक पदार्थबाट जोगिने उपाय सिकाउँदै नेपाली सेना

बिहीबार, १७ कात्तिक २०७९, ०८ : ४३
बिहीबार, १७ कात्तिक २०७९

जुम्लामा म्यादी प्रहरीलाई बम डिस्पोजल गर्ने उपायबारे जानकारी गराइएको छ । नेपाली सेनाको नन्दबक्स गणले उपसेनानी सन्तोष केसी नेतृत्वको टोलीले  विद्यालय, ग्रामीण वस्तीदेखि सार्वजनिक सरोकार राख्ने निकायसम्म पुगेर बमबाट जोगिने उपायबारे कक्ष सञ्चालन गर्न थालेको हो ।

पहिलो चरणमा जिल्लाको गुठीचौर गाउॅपालिकामा नागरिकलाई भेला गराएर बमबाट बच्न अपनाउनुपर्ने उपायबारे सहजीकरण ​ गरेको थियो । नन्दाबक्स गणका गणपति रविन थापाले जुम्लामा बमलगायत शङ्कास्पद वस्तुदेखि बच्न सबैले होसियारी अपनाउनुपर्नेमा जोड दिए । 

अप्रिय  घटना हुन नदिन सेनाको टोली जिल्लाभर खटिएको छ ।  हरेक निर्वाचन केन्द्रमा खटिने म्यादी प्रहरी, नेपाल प्रहरीलाई समेत बमबाट जोगिन अपनाउनुपर्ने उपायका विषयमा कक्ष प्रदान गरिएको थापाले बताए । 

निर्वाचनताका शंकास्पद बस्तु फेला पर्ने उच्च सम्भावना हुन्छ । त्यसैले गाउॅबस्तीसम्म पुगेर धमाधम सचेतना फैलाउन थालिएको थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप