गर्भवती युवतीलाई अलपत्र पार्न वडा सचिव नै सक्रिय !
प्रेम सुनार,गुल्मी–अर्घाखाँचीकी एक दलित गर्भवती युवतीले आफूले न्याय नपाएको गुनासो गरेकी छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ४ खनकी १८ वर्षिया समिता विक (नाम परिवर्तन) ८ महिनाको गर्भसहित अलपत्र परेकी हुन् ।
उनले गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर २ , पिपलधारा जुम्लादीका १७ वर्षिय सन्तोष बिकले आफुलाई विवाह गर्ने प्रलोभन देखाई गर्भधारण गराएको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी समेत दिएकी छन् ।
उजुरी दिएको एकसाता हुँदा पनि प्रहरीले आफुलाई न्याय नदिएको उनको गुनासो छ । उनका आफन्तजनले आरोपित युवाका दाजु तथा वडा सचिव कमल बिकको मिलोमोतोमा अलपत्र पार्ने षडयन्त्र भएको गुनासो गरेका छन् ।
वडा सचिव बिकले भाई सन्तोषको बचाउका लागि डिएनए परिक्षणको माग गरेपछि युवती अलपत्र परेकी हुन् । गत मंसिर २२ गतेसम्म विवाह गर्छु भन्दै पटक पटक सुनका गहना , मोवाईल र नगद समेत लगेका सन्तोषविरुद्ध सुरुमा गुल्मीकै नयाँगाउँ प्रहरी चौकीमा पीडित युवतीका परिवारले जाहेरी दिएका थिए ।
पीडित युवतीका अनुसार त्यसपछि उनका दाजु कमल बिक र आमाले सन्तोषलाई घरबाट भगाएका थिए । दोश्रो पटक खन ईलाका प्रहरीमा उजुरी दिएको मंसिर ७ गते त्यहाँबाट जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा दुवै पक्षलाई पठाईएको थियो । ८ महिना पार गरेकी गर्भवति उनलाई जिल्ला अस्पतालबाट रिफर गरी यति वेला भैरहवा पठाईएको छ । उनको अवस्था गम्भीर रहेको छ ।
पीडक भनिएका सन्तोषले समितासँग शारिरिक सम्वन्ध नराखेको बताउदै आएका छन् ।
तर, सनतोषले उनलाई प्रेमीका भन्दै संगै तस्वीर समेत खिचेका छन् ।
जिल्ला प्रहरी कार्यालय सन्धीखर्कका प्रमुख डिएसपी एकनारायण कोईरालाले आफुले मिलाउने प्रयास गरे पनि केटा पक्षले डिएनएको माग गरेपछि अदालती प्रकृयामा जान आफुले सुझाव दिएको बताए ।
अन्तरपार्टी महिला सञ्जाल अघौखाँचीकी अध्यक्ष सुशिला गैरेले वेईमानहरुका कारण दलित युवतीलाई अलपात्र पारिन लागेको बताइन्
यता, आरोपित युवाका दाजु कमल बिकले भाईले स्वीकार गरे आफुले नरोक्ने र आफुबाट कुनै किसिमका अवराेध नभएको जिकिर गरेका छन् । उनि भुमिकास्थान नगरपालिका वडा नम्वर ९ का वडा सचिव हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार ‘एमिकस क्युरी’ सिफारिस
-
पेट्राेलियम पदार्थकाे मूल्य स्थिर
-
इङ्ग्ल्यान्डले भगवानको हात देखिसकेको छ, अब भगवानको देब्रे खुट्टा पनि देख्नेछः इब्राहिमोभिच
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण