सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सेभेन डेज सुपर च्यालेन्ज’ शोको होस्टमा अनुपविक्रम

शुक्रबार, १८ कात्तिक २०७९, १२ : २१
शुक्रबार, १८ कात्तिक २०७९

नेपालको पहिलो एक्सन रियालिटी शो ‘सेभेन डेज सुपर च्यालेन्ज’ को होस्टमा अभिनेता अनुपविक्रम शाही अनुबन्धित भएका छन् । डिएआर मुभिजले निर्माण गर्न लागेको शोमा विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको साथमा डिजिटल अडिसनबाट छानिएका प्रतिस्पर्धीहरुको सहभागिता रहनेछ । 

शोका विजेताले नगद १५ लाख नगद र कार उपहार जित्न सक्नेछन् । शो एकसाथ नेपाल नेटवर्क टेलिभिजन र एपीवन टेलिभिजनबाट प्रशारण हुन लागेको निर्माता डिएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए । ‘सेभेन डेज सुपर च्यालेन्ज’ को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । माघबाट प्रसारण हुने शोमा एक्सन (द्वन्द्व) कलामा प्रतिभाको खोजी गर्ने उदेश्यले आयोजना हुन लागेको हो ।

अभिनेता अनुप अभिनित नयाँ फिल्म ‘लाखे’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्ममा अनुम एक्सन भूमिकामा छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप