तब्बुले खुलाइन् नाम पछाडि थर नराख्नुको कारण
बलिउड अभिनेत्री तब्बुले हालैको एक अन्तर्वार्तामा आफ्नो नाम पछाडि थर नराख्नुको कारण खुलाएकी छिन् । तब्बुले आफूले कहिल्यै पनि मानिसहरूले उनलाई उनको पूरा नामले चिनुन् भन्ने चाहेको बताइन् ।
तब्बु भन्छिन् कि उनको आमाबुवाको सम्बन्ध विच्छेद भइसकेको थियो, त्यसैले आफ्नो बुवासँगको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । यही कारण उनले आफ्नो नामको पछाडि बुवाको थर कहिल्यै राखिनन् । तब्बुको पूरा नाम तबस्सुम फातिमा हाशमी हो तर फिल्म इन्डस्ट्रीमा उनलाई तब्बुको नामले मात्रै चिनिन्छ ।
तब्बुले पनि आफ्नो अन्तर्वार्तामा आफ्नो मनमा बुबाको लागि माया नभएको पनि खुलासा गरेकी छन् । तब्बुले आफूलाई न त बुवाको याद आउँछ न त भेट्ने मन नै लाग्छ । उनले बुवाले दिएको थर ‘हाशमी’ राख्नु आवश्यक नभएको पनि बताइन् ।
तब्बुले आफ्नो जीवनमा पूर्ण रूपमा सेटल भइसकेकाले अहिले पुराना कुराहरू सोच्नुको कुनै अर्थ नरहेको बताइन् । तब्बुको नाम बलिउडका बहुमुखी प्रतिभा भएको अभिनेत्रीमा गनिन्छ । उनी फिल्ममा आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित छिन् ।
उनले दुई पटक राष्ट्रिय पुरस्कार पनि जितेकी छन् भने चलचित्र जगतमा उनको योगदानको लागि भारत सरकारबाट पद्मश्री पनि पाएकी छन्। हालै भुल भुलैया–२ मा उनको कामको निकै प्रशंसा भएको थियो । अब छिट्टै उनी अजय देवगनसँग दृष्यम–२ मा देखिनेछिन् । –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण