आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

तब्बुले खुलाइन् नाम पछाडि थर नराख्नुको कारण

‘मेरो मनमा मनमा बुबाको लागि माया छैन’
शनिबार, १९ कात्तिक २०७९, १६ : ००
शनिबार, १९ कात्तिक २०७९

बलिउड अभिनेत्री तब्बुले हालैको एक अन्तर्वार्तामा आफ्नो नाम पछाडि थर नराख्नुको कारण खुलाएकी छिन् । तब्बुले आफूले कहिल्यै पनि मानिसहरूले उनलाई उनको पूरा नामले चिनुन् भन्ने चाहेको बताइन् ।  

तब्बु भन्छिन् कि उनको आमाबुवाको सम्बन्ध विच्छेद भइसकेको थियो, त्यसैले आफ्नो बुवासँगको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । यही कारण उनले आफ्नो नामको पछाडि बुवाको थर कहिल्यै राखिनन् । तब्बुको पूरा नाम तबस्सुम फातिमा हाशमी हो तर फिल्म इन्डस्ट्रीमा उनलाई तब्बुको नामले मात्रै चिनिन्छ ।

तब्बुले पनि आफ्नो अन्तर्वार्तामा आफ्नो मनमा बुबाको लागि माया नभएको पनि खुलासा गरेकी छन् । तब्बुले आफूलाई न त बुवाको याद आउँछ न त भेट्ने मन नै लाग्छ । उनले बुवाले दिएको थर ‘हाशमी’ राख्नु आवश्यक नभएको पनि बताइन् । 

तब्बुले आफ्नो जीवनमा पूर्ण रूपमा सेटल भइसकेकाले अहिले पुराना कुराहरू सोच्नुको कुनै अर्थ नरहेको बताइन् । तब्बुको नाम बलिउडका बहुमुखी प्रतिभा भएको अभिनेत्रीमा गनिन्छ । उनी फिल्ममा आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित छिन् ।

उनले दुई पटक राष्ट्रिय पुरस्कार पनि जितेकी छन् भने चलचित्र जगतमा उनको योगदानको लागि भारत सरकारबाट पद्मश्री पनि पाएकी छन्। हालै भुल भुलैया–२ मा उनको कामको निकै प्रशंसा भएको थियो । अब छिट्टै उनी अजय देवगनसँग दृष्यम–२ मा देखिनेछिन् । –दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप