जया बच्चनले भनिन्, ‘नातिनीले विवाह नगरी बच्चा जन्माइन् भने पनि आपत्ति छैन, शारीरिक आकर्षण महत्वपूर्ण’
भारतकी दिग्गज अभिनेत्री जया बच्चनले कुनै पनि सम्बन्ध टिकिराख्नका लागि शारीरिक आकर्षण असाध्यै महत्वपूर्ण भएको बताएकी छिन् । आफ्नी नातिनी नव्या नवेली नन्दाको पोडकास्ट ‘ह्वाट द हेल नव्या’ मा जयाले आफ्नो जमानामा एक्सपेरिमेन्ट (परीक्षण) गर्न नपाएको पनि गुनासो गरिन् । उनले शारीरिक पाटो असाध्यै महत्वपूर्ण भएको बताउँदै कुनै पनि सम्बन्ध माया, स्वच्छ हावा र एडजस्टमेन्ट (समन्वय) मा मात्रै नटिक्ने बताइन् । उनले नव्या नवेलीले विवाह नगरी नै बच्चा जन्माइन् भने पनि आफूलाई यसमा कुनै आपत्ति नहुने पनि बताएकी छिन् ।
जयाले भनिन्, ‘मैले यस्तो कुरा गरेको सुन्दा धेरैलाई नपच्न सक्छ तर शारीरिक आकर्षण र कम्प्याटिबिलिटी असाध्यै महत्वपूर्ण छ । हामीले आफ्नो जमानामा एक्सपेरिमेन्ट गर्न पाएनौँ तर अहिलेको पुस्ताले गर्दछ, नगर्ने पनि किन ? किनभने यो पनि दिगो सम्बन्धका लागि जिम्मेवार छन् । यदि शारीरिक सम्बन्ध भएन भने यो धेरै समयसम्म टिक्न सक्दैन । तपाईं माया, स्वच्छ हावा र एडजस्टमेन्टमा मात्रै सिमित हुन सक्नुहुन्नँ, मलाई लाग्छ । यो असाध्यै महत्वपूर्ण छ ।’
‘हामीले यस्ता कुरा आफ्नो जमानामा सोच्न पनि सक्दैनथ्यौँ, मपछिको पुस्ताले पनि, स्वेता (उनकी छोरी) को पुस्तानले समेत यस्तो सोच्न सक्दैनथ्यो,’ उनले भनिन् ।
जयाले नयाँ पुस्तालाई पनि सल्लाह दिँदै भनेकी छिन्, ‘तर आजकाmको रोमान्समा भावनाको कमी छ । मलाई के लाग्छ भने तिमीले आफ्नो सबैभन्दा मिल्ने साथीसँग विवाह गर्नुपर्छ । तिमीहरु एक–अर्कामा निकै मिल्ने साथी पनि हुनुपर्छ । तिमीहरुले सल्लाह गरेर भन्नुपर्छ, ‘मलाई लाग्छ मैले तिमीसँग एउटा सन्तान जन्माउनुपर्छ किनभने मलाई तिमी मनपर्छ । मलाई तिमी राम्रो लाग्छ त्यसैले हामी विवाह गरौँ न । समाजले पनि यस्तै भनिरहेको छ । ’ तिमीले विवाह अघि नै बच्चा जन्मायौ भने पनि मलाई समस्या छैन । मलाई साँच्चै केही समस्या छैन ।’
नव्या जया र अमिताभ बच्चनकी जेठी छोरी श्वेता बच्चनकी छोरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण