गजल- मेरो देश
आइतबार, २० कात्तिक २०७९, १५ : ५३
दोधारमा परेँछु पालौँ कि देश मेरो
वा सिन्धुमा बगाई फालौँ कि देश मेरो ।
कोही गरेन वास्ता दुब्लाउँदै गएछ
चिन्ता गरेर के भो ढालौँ कि देश मेरो ।
छन् छेउछाउमा यी कैयौँ हजार प्वाल
सोच्दै छु फेरि कैले टालौँ कि देश मेरो ।
जोगाऔँ भन्न कोही सर्दैन खै अगाडि
छर्केर तेल सारा बालौँ कि देश मेरो ।
नेताहरू कसीमा घोटेर के गरौँला
मैले त सोच्न थालेँ गालौँ कि देश मेरो ।
पुर्खाहरू लडेको सम्झेर रुन्छ चित्त
मान्दैन मन रुवाइहालौँ कि देश मेरो ।
गुल्मी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण