चित्रबहादुर केसी भन्छन्– गठबन्धनको सूत्रधार मै हो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको पाँचदलीय गठबन्धनको प्रमुख सूत्रधार आफू रहेको बताएका छन् । बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यको गठबन्धनका तर्फबाट उम्मेदवारसमेत रहेका नेता केसीले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने बताएका हुन् ।
आज बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले मंसिर ४ गतेको निर्वाचन प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने बताउँदै प्रतिगमन ढलेर जाने बताए ।
‘मनै प्रतिगमनका विरुद्धमा लागेँ, त्यसैले गठबन्धन बनाउनै अग्रसर भएको थिएँ । अहिलेको हाम्रो लडाइँ प्रतिगमन र अग्रगमनबीच छ, मंसिर ४ गते प्रतिगमनलाई ढलाइन्छ,’ नेता केसीले भने । उनले आफूले प्रतिगमनको विरुद्ध र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको भन्दै आफूले सहजै ढङ्गले चुनाव जित्ने बताए।
नेता केसीले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर