पीएसजीको जितमा नेयमारको गोल
आइतबार, २० कात्तिक २०७९, २२ : ०६
नेयमार जुनियरको गोलमा फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार भएको खेलमा पीएसजीले लोरीएन्ट एफसीलाई २–१ गोल अन्तरले हराएको हो । लोरिएन्टको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमार र डेनिलो पेरेइराले एक–एक गोल गरे ।
यता लोरिएन्टका लागि टेरेम मोफिले एक गोल फर्काए । खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । यता लोरिएन्टका लागि खेलको ५३ औं मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको ८१ औं मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए ।
जितसँगै पीएसजीले १४ खेलमा ३८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । पराजित लोरीएन्ट २७ अंक जोडेर पाँचौं स्थानमा छ । पीएसजीले शीर्ष स्थानमा ५ अंकको अग्रता समेत लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने
-
बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रमको प्राथमिकता पेस गरिने
-
दिगो विकासका लक्ष्य प्राप्तिमा नेपाललाई स्वीडेनले सघाउने
-
तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अङ्क बाँडे
-
कोलकातासँगको खेल वर्षाले प्रभावित भएपछि गुजरातको प्लेअफ सम्भावना सकियो
-
कांग्रेस नेता र प्रधानमन्त्रीबिच बालुवाटारमा छलफल