पीएसजीको जितमा नेयमारको गोल
आइतबार, २० कात्तिक २०७९, २२ : ०६
नेयमार जुनियरको गोलमा फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार भएको खेलमा पीएसजीले लोरीएन्ट एफसीलाई २–१ गोल अन्तरले हराएको हो । लोरिएन्टको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमार र डेनिलो पेरेइराले एक–एक गोल गरे ।
यता लोरिएन्टका लागि टेरेम मोफिले एक गोल फर्काए । खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । यता लोरिएन्टका लागि खेलको ५३ औं मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको ८१ औं मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए ।
जितसँगै पीएसजीले १४ खेलमा ३८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । पराजित लोरीएन्ट २७ अंक जोडेर पाँचौं स्थानमा छ । पीएसजीले शीर्ष स्थानमा ५ अंकको अग्रता समेत लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण