बेलबारी गोल्डकपको फाइनलमा एपीएफ
एपीएफ क्लब काठमाडौँ मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा आयोजकलाई रोक्दै साविकको उपविजेता एपीएफले भने प्रतियोगिताको फाइनलमा आफूलाई सुरक्षित गरेको छ । अब एपीएफले धनकुटाको राजारानी फुटबल क्लब र सिरहाको सहलेस युथ क्लबबीच हुने सेमीफाइनलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
घरेलु मैदानमा आयोजकको यात्रामा बाधक बनेको एपीएफले दुवै गोल मध्यान्तरपछि मात्रै गरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको आयोजकले दुवै गोल मध्यान्तरपछि खाएको थियो । आकर्षक खेल प्रदर्शन गरेको एपीएफका लागि कप्तान टोप विष्टले ४९ औँ मिनेटमा गोल गर्दै खाता खोलेका थिए । एक गोलले पछि परेको आयोजकले खेलमा सम्हाल्न नसक्दा अर्को गोल खान पुग्यो । खेलको ६५ औँ मिनेटमा नवीन लामाले गोल गर्दै अग्रता दोब्बर पारे ।
आयोजकका लागि आशिम राईले ७२औँ मिनेटमा गोल गरे पनि खेलमा फर्कन सकेन । करिब ३५ यार्ड टाढाबाट उनले गरेको प्रहारले सिधै पोस्टको बाटो तय गर्दा एपीएफका गोलरक्षक राजु नगरकोटी अलमलमा परे । आयोजकले खेलको ४२औँ मिनेटमा अग्रता लिने अवसर पाए पनि स्कोर गर्न सकेन । मौसम लिम्बूले गरेको प्रहारलाई एपीएफका गोलरक्षक नगरकोटीले उत्कृष्ट ढङ्गले बचाउ गर्दै टिमको सङ्कट टारेका थिए ।
पहिलो सेमिफाइनल खेलको म्यान अफ दी म्याच एपीएफका कप्तान टोप विष्ट घोषित भए । उनले पुरस्कार वापत रु पाँच हजार प्राप्त गरे । प्रतियोगितामा नेपालका सात र विदेशका तीन गरेर १० वटा टिम सहभागी छन् ।
प्रतियोगिताको विजेता टिमले आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार नगद पुरस्कार पाउने डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले बताए । राईले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५/१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई रु ३५ हजार पुरस्कारको व्यवस्था गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण