स्वर्गीय फिल्म निर्देशक चेतन कार्कीको स्मरण
स्वर्गीय वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार चेतन कार्कीको सम्झनामा एक कार्यक्रमको आयोजना गरिएको छ । चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति) ले काठमाडौंमा एक कार्यक्रम गर्दै उनको योगदानको समेत चर्चा गरेको हो ।
कार्कीको ८५ औं जन्मजयन्ती अवसर पारेर आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङ, वरिष्ठ कलाकार मिथिला शर्मा, वरिष्ठ नृत्यकार भैरवबहादुर थापा, चेतन कार्की प्रतिष्ठानकी संरक्षक श्रीमती गंगा कार्की, वरिष्ठ साहित्यकार डा. महेश्वर शर्मा, वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, डा. सुरेन्द्र केसी लगायतले कार्कीको योगदानको चर्चा गरेका थिए ।
गीतकार किरण खरेल, अभिनेता कृष्ण मल्ल र सरोज खनाल, अभिनेत्री भुवन चन्द , नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, चेतन कार्की प्रतिष्ठान गण्डकी समितिका अध्यक्ष दुर्गा शाह बाबा लगायतको समेत उपस्थिति रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष वरिष्ठ कलाकार मोहन निरौला, साहित्यकार राधेश्याम लेकाली, मुरारी सिग्देल लगायतको कार्कीको चलचित्र, साहित्य लगायतको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा गायिका रितु कडेल, विमला राई र गायक नारायण ओलीले स्वर्गीय कार्कीका गीतहरु समेत लाइभ गाएर सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण